एभरेष्ट बैंक र दराजबीच सम्झौता, डेबिड कार्डमार्फत भुक्तानी गर्दा २ हजार छुट
एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता भएको छ। बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्डवहाकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ।
अनलाइनबाट सामान किनेर डेबिड कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार पैयाँसम्म छुट दिने बैंकले जनाएको छ। बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ।
बैंकले यस सम्झौताले दराजसँगै एभरेष्ट कार्ड वाहक ग्राहकलाई छुट्टै उत्साह थपिने विश्वास लिएको छ। बैंकले देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण