आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको ठुलो लुम्पेकमा कफी प्रशोधन उद्योग

शनिबार, २५ भदौ २०७९, ०९ : ४६
शनिबार, २५ भदौ २०७९

गुल्मी जिल्लाको ठुलो लुम्पेकमा कफी प्रशोधन उद्योग स्थापना भएको छ । हालको सत्यवती गाउँपालिका, साविक ठूलो लुम्पेक गाविस वडा नम्वर–१ को घारडाँडा गाउँमा कफी भण्डारण तथा प्रशोधन उद्योगको भवन र मेसिनहरु समेत सरकारी निकायबाट हस्तान्तरण भएको छ । कफी भण्डारण तथा प्रशोधन उद्योग सञ्चालन गर्ने भवन र मेसिनहरु एक समारोहका बीच जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले समुदायलाई हस्तान्तरण गरे ।

ठुलो लुम्पेकमा कफी खेतीको अवस्थाबारे जानकारी दिँदै जिल्ला समन्वय समितिकी सदस्य तथा ठूलो लुम्पेकमा कफी खेतीका संस्थापक अभियान्ता मध्येकी एक नरमाया रानाले भनिन्, ‘२०५८ सालमा यहाँका समाजसेवी जीवन राना लगायतका अगुवाहरुले हाम्रो गाउँको हावा पानी माटोमा पनि कफी खेती भइहाल्छ कि भनेर परीक्षणका रुपमा शुरु गर्नुभएको थियो, त्यसपछि २०७२ सालमा साविक कृषि विकास कार्यालयमा मिश्रीत कफी उत्पादक कृषक समुह नै गठन गरेर व्यवसायीक रुपमा कफी खेती सुरु गरेका हौं, आज यो अवस्थामा आइएला भनेर कल्पना नै गरिएको थिएन ।’ अहिले गाउँमै कफी भण्डारण र प्रशोधन गर्ने मेशिन सहितको भवन बनेकोमा निकै हर्षित र थप उत्साहित भएको उनले बताइन् ।

साविक ठूलो लुम्पेक गाविसमा २०५८ सालमा स्थानीय नेताहरु टिका राना, प्रगति राना, टोपीराम राना, जिवन रानालगायतले  वडा नं १ को घारडाँडा र वडा नम्बर ७ मा डोकोमा बोकेर कफीका बोटहरु लगाएको स्मरण गर्दै ठुलो लुम्पेककी अर्की अगुवा समाजसेवी तेजकुमारी थापाले अहिले उद्योगका रुपमा कफी खेती विकास भएकोप्रति खसी ब्यक्त गरिन् ।

कफी प्रशोधन उद्योग भवन र मेसिनहरु समुदायलाई हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख खत्रीले गुल्मी जिल्ला देशभर कफी उत्पादनको उद्गम थलोका रुपमा पहिचान बनाइरहेको बेला ठूलो लुम्पेक जस्तो विकट गाउँमा पनि कफी उत्पादनले उद्योगको रुप लिन शुरु गरेकोप्रति खुसी ब्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप