मिटरव्याजीहरुले पीडितका छोरीचेलीमाथि पनि शोषण गरेका छन् : पूर्वमन्त्री पोखरेल

पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मिटरव्याजीहरुले प्रतिकूल परिस्थिति बनाएर पीडितका छोरीचेलीमाथि पनि शोषण गरिरहेको बताएका छन् । शनिबार भंगाहा नगरपालिकामा मिटरव्याजी पीडितहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले साहुकारहरुले विपन्न नागरिकलाई दिएको पीडालाई महसुस गरी सदनमा पनि पीडितहरूको विषयमा आवाज उठाएको बताए । ‘हामीले आवाज उठाएपछि सरकारले मिटरव्याजीलाई अपराधीको सूचीमा राखेको छ,’ उनले भने, ‘मिटरव्याजीहरुको अत्याचारको विषयमा डटेर लागिपरेका छौं ।’
नेता पोखरेलले अदालतको फैसलाप्रति पनि प्रश्न उठाए । अदालतबाट फैसला गर्दा पीडित झन् पीडित भएको भन्दै उनले ध्यानाकर्षण गराए । उनले अदालतको फैसलाका कारणले पीडितहरू साहुकारबाट भाग्नुपर्ने अवस्था आएको भन्दै अदालतलाई निष्पक्ष फैसलाको लागि आग्रह गरे ।
मिटरव्याजीहरूको विषयमा सदन र मिडियाबाट निक्कै आवाज उठेपछि सरकारले अहिले देशैभरिका पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ । मिटरव्याजी पीडित संघर्ष समितिका अनुसार देशभर १० औं हजार पीडित भए पनि अहिलेसम्म २३ सयले मात्र आवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’