शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चान्सुको नेपाल भ्रमण : आज यी सडकमा सवारी आवागमन प्रभावित हुने

बुधबार, २९ भदौ २०७९, ०८ : ५५
बुधबार, २९ भदौ २०७९

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ ।  राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ । 

त्यसअघि लीले भक्तपुर दरबार स्वायर अवलोकन गर्ने तालिका छ । उनी भक्तपुर जाने समय बिहान ९ बजे रवि भवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन प्रभावित हुनेछ । उहाँ फर्कने समयमा पनि यी रुटमा गाडीको आवागमन प्रभावित हुनेछ ।

यस्तै, भक्तपुरको भ्रमण सकेर उनले दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । यो समयमा रविभवन, कालीमाटी, त्रिपुरेश्वर, महाङ्काल, जमल, केशरमहल, लैनचौर, पानीपाेखेरी हुँदै शीतल निवास क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा यी रुटमा चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ ।

लीको सवारीका कारण हिजो र अस्ति पनि काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप