शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्राविधिक मर्मतपछि नारिता उड्यो वाइडबडी जहाज

बुधबार, २९ भदौ २०७९, १६ : ४६
बुधबार, २९ भदौ २०७९

प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ ।

गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल फर्किएको थियो । एक सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा प्राविधिक समस्या देखिनासाथ  विमान चालकले जहाजलाई काठमाडौं फर्काउने निर्णय लिएका थिए ।

 उक्त जहाज मर्मतपछि बिहान १० बजे नारिताका लागि उडान भरेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप