‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने राष्ट्रपतिको चाहना
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गरेकी छन् । ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बालबालिकाहरूको साहित्य र कला प्रस्फुटन गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले त्यसका लागि आफूले केही प्रयासहरु अगाडि बढाएको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई पनि त्यसमा चासो राख्न आग्रह गरिन् । उनले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिईरहेका र काम गरिरहेका संस्थाहरु दर्जनौं रहेको उल्लेख गर्दै आभार समेत व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले बालबालिकाहरूको साहित्य र कलाको प्रर्दशनीका लागि आफूले समय दिएरै कार्यक्रम गर्न चाहेको उल्लेख गर्दै त्यसमा कलासहितको उत्कृष्ट प्रदर्शनी हुने विश्वास समेत व्यक्त गरिन् ।
उनले भनिन्, ‘बाल साहित्य सम्बन्धि हामीले छुट्टै प्रज्ञा प्रतिष्ठान बनाउनु पर्छ भनेर हामीले सोच राखेर केही प्रयासहरु अगाडि बढाएका छौं । त्यसमा नेपाल बाल संगठन, किताब चारुजस्ता अरु थुप्र्रै दर्जनौं संस्थाहरु छन, जसले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिइराखेका छन । काम गर्ने प्रयास गरिरहेका छन । सबै जनाले त्यसमा पनि चासो राख्दा खेरी हुन्छ भन्ने मलाई लाग्दछ । र, कतिपय भाईबहिनीहरुलाई प्रस्तुती गर्न पनि प्राविधिक त्रुटीका कारण पाएनन् जस्तो छ । अझ राम्रो तयारी गरेर उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुन्छ । त्यसका लागि आफूले कुनै बेला पूरा समय दिएर मौका उपलब्ध गराउनेछु ।’
त्यस अवसरमा राष्ट्रपति भण्डारीले बालबालिकाहरूलाई व्यापक अर्थमा बुझि सोही अनुसारको कार्यक्रम तय गर्न नेपाल बाल संगठनलाई पनि आग्रह गरिन् । त्यस क्रममा बालबालिकाहरुले कला र साहित्यका विभिन्न विधा प्रस्तुत गरेका थिए ।
राष्ट्रपति भण्डारीले हरेक वर्ष राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएकी छन् । उनले ठाउँ अलि सानो भएकाले बालबालिकाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न कठिनाई भएको आफूलाई अनुभूति भएको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
-
सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
-
असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण