कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न कार्यक्षेत्र वरिपरि रहेका बाल आश्रम तथा सामुदायिक विद्यालयहरुमा “मुस्कान फैलाउँदै”भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।
राष्ट्रिय बाल दिवसको अवसर पारेर बैंकले प्रदेश १ का हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानो घर र सर्लाही बच्चा घर, काठमाडौं क्षेत्रबाट नन्दी माध्यमिक विद्यालय, पोखरा क्षेत्रबाट रेन्बो बच्चा घर र जलजला बाल आश्रमलाई पाठ्य सामग्री प्रदान गरिएको हो ।
त्यसैगरी बुटवल क्षेत्रबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्या पिठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यमिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, बिन्दबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र राइजअप अनाथ बाल गृह, पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट व्लाइण्ड चिल्डन एजुकेश्न सेन्टरमा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरी राष्ट्रिय बालदिवस मनाएको छ ।
यस प्रकारका सहयोगका साथै कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरूलाई प्राथमिकतामा राखी आगामी दिनहरुमासमेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता बैकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण