बालेन्द्रसँग फुटपाथ व्यवसायीको अनुनय: ‘तोकेको कर तिर्छौ, गरिखान देऊ ’ (भिडियो)
फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । व्यवसायीहरूले बिहीबार काठमाडौँ महानगरपालिको प्रवेशद्वार अगाडी धर्नासहित विरोध प्रदर्शन गरेका हुन् ।
गरिखान देऊ होइन भने रोजगार दिलाइ देऊ, रोजगार देऊ कि स्वरोजगार हुन देऊ लगायतका नारासहित व्यवसायीहरूले विरोध गरेका हुन् । विशेष गरेर उनीहरूले दिनको केही घण्टा भए पनि सडक पेटीमा व्यवसाय गर्न पाउनु पर्ने माग राखेका छन्। उनीहरूले सडक किनारामा व्यवसाय गर्दा महानगरले लगाउने कर तिर्न आफूहरू तयार रहेको तथा आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने पनि बताएका छन्।
महानगरका प्रमुख बालेन्द्र साहले काठमाडौँका लागि गरिरहेको यो काम राम्रो भए पनि गरिखानेहरूका लागि उत्कृष्ट विकल्प देखाइदिन पनि उनीहरूको आग्रह छ।
काठमाडौँ महानगरपालिकाले पछिल्लो समय फुटपाथ व्यापार गर्न रोक लगाएको छ भने सार्वजनिक जग्गाका अवैध संरचना र नक्सा पास नभई निर्माण गरिएका संरचनासमेत भत्काउँदै आएको छ । यसरी महानगरले फुटपाथ र अवैध संरचनामा कडाइ गरेपछि त्यस स्थानमा व्यवसाय गर्दै आएका व्यवसायी मारमा परेका छन् ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई