चोलेन्द्रलाई आफ्नो बयानमा हस्ताक्षर गराइँदै, पूरक प्रश्न गर्नेबारे समितिमा मतभिन्नता
महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पूरक प्रश्न सोध्ने कि नसोध्ने भन्नेमा दलहरुबीच मतभिन्नता भएको छ । बिहान साढे ९ बजेदेखि सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा भइरहेको समितिको बैठकमा सत्तारुढ गठबन्धन दल र एमालेबीच मतभिन्नता भएको हो ।
महाभियोग अन्तर्गत सोधिएको ४३ मुख्य प्रश्न र अन्य सहायक प्रश्नमाथि राणाले गरेको बयानको उतार प्रतिवेदनमा हस्ताक्षर गराउने र थप पूरक प्रश्न गर्न एमालेले माग गरेको छ । यता सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले भने बयानको प्रतिवेदनमा राणालाई हस्ताक्षर गरेर थप प्रश्न नगरी अगाडि बढाउन आग्रह गरेका छन् । आजको बैठकमा बयानका लागि राणा बिहान ९ बजे संसद सचिवालय आइपुगेका थिए ।
बैठकमा यसअघि उनले गरेको बयानको सम्पूर्ण विवरण वाचन गरेर सुनाई राणालाई हस्ताक्षर गराउने काम सुरु भएको छ । भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा महाभियोग माथिको छानविन प्रतिवेदन बुझाउने समितिको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण