आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी

शनिबार, ०१ असोज २०७९, ०६ : १४
शनिबार, ०१ असोज २०७९

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्नेछ ।  महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले आजको बैठकले प्रतिवेदनको सम्बन्धमा  निर्णय गर्ने बताएका छन् । 

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई  अन्तिम रुप दिइने बताए ।  उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरूले त्यसलाई हेरिरहेको जानकारी दिए ।

जबराको सम्पत्ति विवरणको सम्बन्धमा आज प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप