युक्रेन संकटपछि मोदी र पुटिनबीच पहिलो भेट
शंघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार समरकन्दमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । यस वर्षको फेब्रुअरीमा सुरु भएको युक्रेन संकटपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीचको यो पहिलो भेट थियो। यद्यपि यी दुईबीच धेरैपटक फोन वार्ता भने भइसकेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुई नेताबीच भएको वार्तामा द्विपक्षीय मुद्दाका अलावा क्षेत्रीय र विश्वव्यापी विषयमा पनि छलफल भएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीचको भेटमा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा, आतंकवाद र युक्रेनको वर्तमान अवस्थाका बारेमा पनि छलफल भएको बताए ।
मोदीको ट्विटर ह्यान्डलका अनुसार दुई नेताहरूले भारत(रुस सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक कुराकानी गरेका थिए।
एससीओ बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ पनि सहभागी थिए। तर सम्मेलनमा औपचारिक भेट बाहेक दुई जनासँग प्रधानमन्त्री मोदीको छुट्टाछुट्टै भेट भएन । तर, पुटिनले भने सी जिनपिङ र शाहबाज सरिफलाई छुट्टाछुट्टै भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण