पूरक बयान सकियो, राणाद्वारा आफूले दिएका बयानमा हस्ताक्षर
महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको पूरक बयान सकिएको छ । आज संसद सचिवालय सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठकमा जबराले पूरक बयान दिएका हुन् ।
जबरासँगको पूरक बयान सकिएसँगै समितिको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ । शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले यसअघिका बैठकमा दिएको बयानमा हस्ताक्षर गरिसकेकोले आज नै समितिको दोस्रो बैठक बसेर संसद् सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको नेपाली काँग्रेसका सांसद एवं महाअभियोग सिफारिस समिति सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद् सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताए । उनले आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गरेको र समिति सदस्यहरूको प्रतिप्रश्नको समेत जवाफ दिएको बताए ।
उनले भने, ‘आज सुरुमा नै म सबमा साइन गर्छु, खासै तलमाथि केही रहेनछ भनेर बैठकमा दिएका बयानमा हस्ताक्षर गर्नुभयो । त्यसपछि सदस्यहरुले प्रतिप्रश्न गर्नुभयो । प्रतिप्रश्न गर्दा थप प्रस्ट गर्ने काम भयो । दफाबार १ देखि ४३ सम्मका प्रश्नको बारेमा स्पष्ट पार्नुभयो । पहिलो चरणको बैठक सम्पन्न भएको छ, दोस्रो चरणमा प्रतिवेदनको मस्यौदा बनाउनेछौँ । दोस्रो बैठक ३ बजे बस्छ । दोस्रो चरणमा हामी प्रतिवेदनको निर्णयार्थ पेस हुन्छ । सचिवालयमा हामी बुझाउँछौँ । मस्यौदा ३ बजेको बैठकमा समितिमा पेस हुन्छ ।’
समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुरा गर्दै समितिका सभापति रामबहादुर बिष्टले समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने बताए । आज यो प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठक बस्दैछ । राती १२ बजेदेखि प्रतिनिधि सभाको यो अधिवेशन सकिँदैछ । यससँगै महाअभियोग सिफारिस समितिको अस्तित्व पनि रहने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
