मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘अन्तिम संस्कार’को छायांकन सुरु

आइतबार, ०२ असोज २०७९, १० : ४६
आइतबार, ०२ असोज २०७९

फिल्म ‘अन्तिम संस्कार’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन शुक्रबारदेखि हिमाली जिल्ला मुस्ताङबाट सुरु भएका हो । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुने फिल्म मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ४० दिनसम्म छायांकन हुनेछ छ । 

सांस्कृतिक तथा सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा विजय लामा, दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई, सुस्मिता गिरी, दिग्गज खत्री लगायतको अभिनय रहनेछ । विनोद सुवेदी खत्री फिल्मका निर्माता हुन् ।

प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्मको छायाँकारमा बाबु श्रेष्ठ छन् । फिल्म डेढ करोडको लागतमा निर्माण हुने निर्माता खत्रीले जानकारी दिए । केही साता अगाडि रिलिज भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्देशक शाहीले नै निर्देशन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप