फिल्म ‘अन्तिम संस्कार’को छायांकन सुरु
आइतबार, ०२ असोज २०७९, १० : ४६
फिल्म ‘अन्तिम संस्कार’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन शुक्रबारदेखि हिमाली जिल्ला मुस्ताङबाट सुरु भएका हो । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुने फिल्म मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ४० दिनसम्म छायांकन हुनेछ छ ।
सांस्कृतिक तथा सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा विजय लामा, दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई, सुस्मिता गिरी, दिग्गज खत्री लगायतको अभिनय रहनेछ । विनोद सुवेदी खत्री फिल्मका निर्माता हुन् ।
प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्मको छायाँकारमा बाबु श्रेष्ठ छन् । फिल्म डेढ करोडको लागतमा निर्माण हुने निर्माता खत्रीले जानकारी दिए । केही साता अगाडि रिलिज भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्देशक शाहीले नै निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण