कतै खुसी, कतै निराशा
साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग २–० गोल ले पछाडि परेको थियो भने खेलको दोस्रो हाफमा बङ्लादेश र नेपालले एक÷एक गोल गरे । बङ्लादेशका लागि सामसुनाहरले खेलको १३औँ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१औँ मिनेटमा गोल गरिन् ।
त्यस्तै खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् । खेलको ७६औँ मिनेटमा बङ्लादेशकी श्रीमोतीले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्लादेशलाई ३–१ को जीत दिलाइन् । यस हारसँगै नेपाल प्रतियोगितामा दोस्रो भएको छ ।
सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पटक नेपाललाई पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
