नाडामा नबिलको आकर्षक योजना, तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने
मङ्गलबार, ०४ असोज २०७९, १८ : २४
नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । जसअनुसार बैंकले यही असोज ६ गतेदेखि असोज ९ गते सम्म भृकुटीमण्डपमा आयोजना हुने नाडा ईभी एक्स्पोमा सहभागी हुने आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउने जनाएको छ ।
वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ । एक्स्पो अन्तर्गत बैंकको स्टल नं.जी–१२ मा ग्राहक वर्गलाई तत्काल ऋण मुल्यांकन गरी कर्जा स्वीकृत प्रमाणपत्र प्रदान गर्ने सुविधा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ