सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

संसद सचिवालयबाट गोकुल बास्कोटाले लिए ‘क्लिन चिट’

बुधबार, ०५ असोज २०७९, ०९ : २१
बुधबार, ०५ असोज २०७९

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले संघीय संसद सचिवालयबाट कुनैपनि बाँकी बक्यौता तिर्न बाँकी नभएको पत्र लिएका छन् । मंगलबार संसद सचिवालयको जिन्सी शाखाले उनलाई ‘क्लियरेन्स लेटर’ दिएको हो । 

प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल सकिएर आगामी निर्वाचनमा भाग लिने सांसदहरुले सरकारी बाँकी बक्यौता केही तिर्न बाँकी नरहेको पत्र निर्वाचन आयोगमा पेश गर्नुपर्ने हुन्छ । आगामी निर्वाचनमा भाग लिने तयारीमा रहेका बास्कोटाले आफ्ना प्रतिनिधि मार्फत संघीय संसदमा बुझ बुझारथ गरेका हुन् । 

बास्कोटा जस्तै आगामी निर्वाचनमा भाग लिने प्रतिनिधि सभाबाट कार्यकाल सकिएका अन्य सांसदहरुले पनि सो पत्र उम्मेदवारी पेश गर्ने बेला बुझाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले बाँकी बक्यौता तिर्न बाँकी नरहेको ‘क्लियरेन्स लेटर’ अनिवार्य गरेपछि संघीय संसद सचिवालयबाट सांसदहरुले आफूले लिएको बस्तु सामग्री बुझाएर पत्र बुझ्न थालेका छन् । 

संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले आफूले सुविधामा पाएको स्कोरपियो गाडी र ल्यापटप फिर्ता गरेकी छिन् । अन्य सांसदहरु पनि बुझ बुझारथ गर्ने प्रक्रियामा रहेको संसद सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप