संसद सचिवालयबाट गोकुल बास्कोटाले लिए ‘क्लिन चिट’
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले संघीय संसद सचिवालयबाट कुनैपनि बाँकी बक्यौता तिर्न बाँकी नभएको पत्र लिएका छन् । मंगलबार संसद सचिवालयको जिन्सी शाखाले उनलाई ‘क्लियरेन्स लेटर’ दिएको हो ।
प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल सकिएर आगामी निर्वाचनमा भाग लिने सांसदहरुले सरकारी बाँकी बक्यौता केही तिर्न बाँकी नरहेको पत्र निर्वाचन आयोगमा पेश गर्नुपर्ने हुन्छ । आगामी निर्वाचनमा भाग लिने तयारीमा रहेका बास्कोटाले आफ्ना प्रतिनिधि मार्फत संघीय संसदमा बुझ बुझारथ गरेका हुन् ।
बास्कोटा जस्तै आगामी निर्वाचनमा भाग लिने प्रतिनिधि सभाबाट कार्यकाल सकिएका अन्य सांसदहरुले पनि सो पत्र उम्मेदवारी पेश गर्ने बेला बुझाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले बाँकी बक्यौता तिर्न बाँकी नरहेको ‘क्लियरेन्स लेटर’ अनिवार्य गरेपछि संघीय संसद सचिवालयबाट सांसदहरुले आफूले लिएको बस्तु सामग्री बुझाएर पत्र बुझ्न थालेका छन् ।
संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले आफूले सुविधामा पाएको स्कोरपियो गाडी र ल्यापटप फिर्ता गरेकी छिन् । अन्य सांसदहरु पनि बुझ बुझारथ गर्ने प्रक्रियामा रहेको संसद सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण