महिन्द्राले ईभी अटो शोमा ट्रियो झोर प्रदर्शन गर्ने
नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले नाडा ईभी अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रियो झोर प्रदर्शन गर्ने भएको छ । हालै मात्र नेपाली बजारमा ल्याएको ट्रियो झोर ईभी अटो शो विशेष प्रोडक्ट बन्ने कम्पनीको भनाइ छ ।
ट्रियो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप रहेको कम्पनीको दाबी छ । जुन कार्गो सेग्मेन्टका लागि ईभी विशेष नै रहेको कम्पनीले बताएको छ । ट्रियो झोर उत्कृष्ट ३ भेरियन्टमा उपलब्ध छ । अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटहरूका साथ ट्रियो झोर कार्गो खण्डमा गेम चेन्जर हुने खालले तयार भएको कम्पनीको भनाइ छ ।
ट्रियो झोरको साथमा कम्पनीले महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा र ट्रियो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रियो पिकअप प्रदर्शन गर्ने तयारी गरेको छ ।
नेपालको ठुला चाडपर्वहरू विश्वकर्मा पूजा, दशैं, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारी साधनहरुमा स्क्र्याच कार्ड मार्फत आकर्षक नगद पुरस्कारहरू र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रियो अटो र पिकअप खरिद गर्नेका लागि असोज १ गतेदेखि कात्र्तिक १५ गतेसम्म लागू कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण