शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्राले ईभी अटो शोमा ट्रियो झोर प्रदर्शन गर्ने

बुधबार, ०५ असोज २०७९, १८ : ३३
बुधबार, ०५ असोज २०७९

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले नाडा ईभी अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रियो झोर प्रदर्शन गर्ने भएको छ । हालै मात्र नेपाली बजारमा ल्याएको ट्रियो झोर ईभी अटो शो विशेष प्रोडक्ट बन्ने कम्पनीको भनाइ छ । 

ट्रियो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप रहेको कम्पनीको दाबी छ । जुन कार्गो सेग्मेन्टका लागि ईभी विशेष नै रहेको कम्पनीले बताएको छ । ट्रियो  झोर उत्कृष्ट ३ भेरियन्टमा उपलब्ध छ । अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटहरूका साथ ट्रियो  झोर कार्गो खण्डमा गेम चेन्जर हुने खालले तयार भएको कम्पनीको भनाइ छ । 
ट्रियो झोरको साथमा कम्पनीले महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा र ट्रियो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रियो पिकअप प्रदर्शन गर्ने तयारी गरेको छ । 

नेपालको ठुला  चाडपर्वहरू विश्वकर्मा पूजा, दशैं, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक  सवारी साधनहरुमा स्क्र्याच कार्ड मार्फत आकर्षक नगद पुरस्कारहरू र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रियो अटो र पिकअप खरिद गर्नेका लागि असोज १ गतेदेखि कात्र्तिक १५ गतेसम्म लागू कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप