युरोपमा ग्यास संकट : युनिपरलाई राष्ट्रियकरण गर्ने जर्मनीको तयारी
बिहीबार, ०६ असोज २०७९, ०९ : २३
जर्मनीले युक्रेन युद्धबीच ऊर्जा आपूर्ति सुरक्षित गर्ने प्रयासमा ग्यास कम्पनी युनिपरलाई राष्ट्रियकरण गर्ने भएको छ । यो सम्झौताले जर्मन सरकारले ८ दशमलब ५ अर्बको लागतमा कम्पनीको ९८ दशमलब ५ प्रतिशत हिस्सेदारी लिनेछ ।
जर्मनी रुसी ग्यासको युरोपको सबैभन्दा ठूलो आयातकर्ता हो र रसियाले हालैका महिनाहरूमा आपूर्ति घटाएकाले ग्यास अभाव भएको छ । सम्झौताले युनिपरको ऊर्जा आपूर्ति कर्ताको भूमिकालाई मद्दत गर्ने युनिपरका प्रमुख कार्यकारी क्लाउस–डिएटर माउबाचले बताए ।
मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात रोकेको थियो । रुसले युक्रेनमा आक्रमण गर्नुअघि युरोपलाई यसको ४० प्रतिशत प्राकृतिक ग्यास आपूर्ति गरेको र बिस्तारै आपूर्ति कटौती गरेर पश्चिमी प्रतिबन्धको बदला लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण