नेपालको पहिलो ‘ईभी अटो शो’ आजबाट, यी विद्युतीय गाडीको प्रदर्शन हुँदै
नेपालकै पहिलो ईभी अटो शो, २०२२ आजबाट शुरु हुँदैछ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटी मण्डपमा बिहीबारदेखि आइतबारसम्म (४ दिन) चल्ने ईभी अटो शोमा ८ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डको उत्साहपूर्ण सहभागिता हुँदैछ । थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युवसहित ४ वटा वित्तीय संस्थाले समेत अटो शोमा भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।
पहिलो नाडा ईभी अटो शोमा साना तथा ठूला गरी कुल ५१ वटा स्टलहरू रहनेछन् । प्रदर्शनीमा अवलोकनकर्ताका लागि दुई किसिमको पासको व्यवस्था गरिएको छ । साधारण र विद्यार्थीहरूका लागि गरी दुई किसिमको टिकटको व्यवस्था गरेको नाडाले साधारण टिकटको मूल्य २०० रुपैयाँ र विद्यार्थीका लागि व्यवस्था गरिएको टिकटको मूल्य १५० रुपैयाँ तोकेको छ । तर, यसपटक अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था गरेको नाडाले खल्ती एपबाट टिकट काट्दा २० प्रतिशत क्यास ब्याक पाइने समेत बताएको छ ।
४ दिनसम्म चल्ने ईभी अटो शोमा ४० लाखले अवलोकन गर्ने नाडाको अपेक्षा छ । आयोजक नाडाका अनुसार पहिलो ईभी अटो शोमा ८ वटा चार पाङ्ग्रे ब्राण्डले भाग लिदै छन् । हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्लाले भाग लिदै छन् । यी कम्पनीले आफ्ना उपलब्ध ईभी मोडलहरु प्रदर्शन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


