नेपालको पहिलो ‘ईभी अटो शो’ आजबाट, यी विद्युतीय गाडीको प्रदर्शन हुँदै

नेपालकै पहिलो ईभी अटो शो, २०२२ आजबाट शुरु हुँदैछ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटी मण्डपमा बिहीबारदेखि आइतबारसम्म (४ दिन) चल्ने ईभी अटो शोमा ८ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डको उत्साहपूर्ण सहभागिता हुँदैछ । थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युवसहित ४ वटा वित्तीय संस्थाले समेत अटो शोमा भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।
पहिलो नाडा ईभी अटो शोमा साना तथा ठूला गरी कुल ५१ वटा स्टलहरू रहनेछन् । प्रदर्शनीमा अवलोकनकर्ताका लागि दुई किसिमको पासको व्यवस्था गरिएको छ । साधारण र विद्यार्थीहरूका लागि गरी दुई किसिमको टिकटको व्यवस्था गरेको नाडाले साधारण टिकटको मूल्य २०० रुपैयाँ र विद्यार्थीका लागि व्यवस्था गरिएको टिकटको मूल्य १५० रुपैयाँ तोकेको छ । तर, यसपटक अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था गरेको नाडाले खल्ती एपबाट टिकट काट्दा २० प्रतिशत क्यास ब्याक पाइने समेत बताएको छ ।
४ दिनसम्म चल्ने ईभी अटो शोमा ४० लाखले अवलोकन गर्ने नाडाको अपेक्षा छ । आयोजक नाडाका अनुसार पहिलो ईभी अटो शोमा ८ वटा चार पाङ्ग्रे ब्राण्डले भाग लिदै छन् । हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्लाले भाग लिदै छन् । यी कम्पनीले आफ्ना उपलब्ध ईभी मोडलहरु प्रदर्शन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलिया चुनाव : विपक्षी दलका नेतालाई नै हराउने अलि को हुन् ?
-
अर्बपति लगानीकर्ता वारेन बफेटले वर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने
-
‘फिल्डमा खटिएको प्रहरीलाई सीडीओले सीधै कमान्ड गर्न मिल्दैन’
-
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
-
राष्ट्रिय महिला गोल्डकप : पुलिस र रौतहट भिड्ने
-
फास्ट ट्र्याक निर्माण सम्बन्धमा प्रतिनिधिसभामा ध्यानाकर्षण पत्र दर्ता