कार, जिप, भ्यानको आयात प्रतिबन्ध खुला गर्न नाडाको माग
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कार,जिप, भ्यान लगायतका सवारी लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको छ । बिहीबार राजधानीमा नेपालको पहिलो ईभी अटो शो, २०२२ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ध्रुव थापाले यस्तो माग गरेका हुन् ।
कुल गार्हस्थ उत्पादन (जीडीपी)मा एक्लैको २५ प्रतिशत बढी योगदान रहेको अटोमोबाइल्स सेक्टरले आयातको दुई गुणा बढी राजस्वमा योगदान दिएको अध्यक्ष थापाले बताए । तथापि, राज्यले अटोमोबाइल्सलाई आयात वृद्धि गर्ने र विदेशी मुद्रा सञ्चितिमा कमी आउने भन्दै आयातमा प्रतिबन्ध लगाएको छ । यसप्रति नाडाको गम्भीर आपत्ति रहेको थापाले बताए ।
सरकारको आयात प्रतिबन्धको नीति र राष्ट्र बैंकको कर्जा तथा अटो एलसी नीतिले अटो क्षेत्र दोहोरो चपेटामा परेको उनले बताए । जसका कारण कुल अटो व्यवसायीहरु मध्ये १५ प्रतिशत विस्थापित भइसकेको र हजारौं रोजगारी समेत गुमाएको उनले बताए । यस्तो दर्दनाक अवस्थाबाट थप क्षति हुनबाट रोक्न तत्काल आयात प्रतिबन्ध खुल्ला गर्न अध्यक्ष थापाले सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण