कार, जिप, भ्यानको आयात प्रतिबन्ध खुला गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कार,जिप, भ्यान लगायतका सवारी लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको छ । बिहीबार राजधानीमा नेपालको पहिलो ईभी अटो शो, २०२२ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ध्रुव थापाले यस्तो माग गरेका हुन् ।
कुल गार्हस्थ उत्पादन (जीडीपी)मा एक्लैको २५ प्रतिशत बढी योगदान रहेको अटोमोबाइल्स सेक्टरले आयातको दुई गुणा बढी राजस्वमा योगदान दिएको अध्यक्ष थापाले बताए । तथापि, राज्यले अटोमोबाइल्सलाई आयात वृद्धि गर्ने र विदेशी मुद्रा सञ्चितिमा कमी आउने भन्दै आयातमा प्रतिबन्ध लगाएको छ । यसप्रति नाडाको गम्भीर आपत्ति रहेको थापाले बताए ।
सरकारको आयात प्रतिबन्धको नीति र राष्ट्र बैंकको कर्जा तथा अटो एलसी नीतिले अटो क्षेत्र दोहोरो चपेटामा परेको उनले बताए । जसका कारण कुल अटो व्यवसायीहरु मध्ये १५ प्रतिशत विस्थापित भइसकेको र हजारौं रोजगारी समेत गुमाएको उनले बताए । यस्तो दर्दनाक अवस्थाबाट थप क्षति हुनबाट रोक्न तत्काल आयात प्रतिबन्ध खुल्ला गर्न अध्यक्ष थापाले सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार
-
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
-
आठौँ 'म्याङ्गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ (तस्बिरहरू)
-
सङ्घीय अनुदानमा निर्भरता घटाउन कर्णालीले आन्तरिक आयमा ध्यान दिनुपर्छ
-
विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए
-
प्रदेश सधैँ अनुदानमा आश्रित हुनु हुँदैन