बुद्धको मावलीमा संग्रहालय स्थापना गरिने
गौतम बुद्धको मावली गाउँका रुपमा परिचित रुपन्देहीको देवदहस्थित भवानीपुरमा संग्रहालय स्थापना गरिने भएको छ । चालु आर्थिक वर्षमा भवानीपुरमा संग्रहालय सञ्चालन गर्ने, भवानीपुरलाई मायादेवी पार्कको रुपमा विकास गर्ने, बैरीमाई कन्यामाईको संरक्षणका लागि पर्खाल लगाउने, खयरडाँडामा उत्खनन् कार्य सुरु गर्ने लगायतका काम गर्ने तयारी गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले देवदहका पुरातात्विक स्थलहरुको अवलोकन पनि गरेको छ । कोषका कोषाध्यक्ष भट्टराई नेतृत्वको टोलीले देवदहको भवानीपुर, कन्यामाई, तिलोत्तमा नगरपालिका–११ को पुरातात्विक कुमारवर्ती क्षेत्रको अवलोकन गरेको हो । अवलोकनका क्रममा कोषको चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनका सन्दर्भमा देवदह क्षेत्रको पुरातात्विक क्षेत्रहरुको अवलोकन गरी जनप्रतिनिधि, समाजसेवी, सर्वसाधारणसँग सुझाव लिइएको कोषाध्यक्ष भट्टराईले बताए ।
देवदह नगरपालिका–४ स्थित भवानीपुरमा वडाअध्यक्षहरु, वडा सचिव सहितको टोलीलाई कोषका कार्यक्रमबारे कोषाध्यक्ष भटराईले जानकारी गराए । कोषले चालु आर्थिक वर्षमा भवानीपुरलाई मायादेवी पार्कको रुपमा अघि बढाउन देवदहका सबै ऐतिहासिक ठाउँमा जाने गरी विकास गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण