सिटिजन्स बैंकद्वारा ९ प्रतिशत लाभांश प्रस्ताव
शुक्रबार, ०७ असोज २०७९, १३ : ०२
सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बिहीबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले शेयर धनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६ को ९ प्रतिशतले हुने रु १,२७८,०८७,६६१ नगद लाभांश दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण