रक्षकबाटै जानी-बुझी संविधान मिच्ने काम भयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षकबाट नै जानी बुझी मिच्ने काम भएको टिप्पणी गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) काे तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको पालक र संरक्षकबाटै संविधान मिच्ने काम भएको बताए ।
‘मैले मूर्तरूपमा भन्दै छु । अहिले संविधान खुलेयाम मिच्ने काम भयो । संविधानको पालक र रक्षकबाट नै जानी बुझी मिचियो । नजानेर वा झुक्किएर होइन । जानी बुझी संविधान मिच्ने काम भएको छ ’ प्रचण्डले भने, ‘यो सामान्य होइन । यो हजारौंको बलिदानबाट प्राप्त उपलब्धि, लाखौँ लाख किसानहरू उत्पीडित समुदायको आन्दोलनबाट प्राप्त उपलब्धि खोस्ने, अपहरण गर्ने षडयन्त्रकै एउटै कडी हो ।’ संविधान मिच्ने प्रवृत्तिलाई जनता र परिवर्तनकारी शक्तिको एकताले मात्रै परास्त गर्न सकिने प्रचण्डले जिकिर गरे ।
संविधान र व्यवस्थामाथि गत सालदेखि नै सुरु भएको प्रतिगमन अझै नरोकिएको प्रचण्डले दाबी गरे । ‘जुन प्रतिगमन गत सालदेखि सुरु भएको थियो । त्यो रोकिएको छैन । त्यसलाई नयाँ नयाँ स्वरूपमा ल्याउने जमर्को भई राखेको छ’, प्रचण्डले भने, ‘हामीले आफ्नो सतर्कता गुमायौं भने हामीले आफूभित्रको एकतालाई कमजोर हुन दियौं । हामीले आम किसान मजदुर, सम्पूर्ण उत्पीडित वर्ग समुदायलाई आन्दोलित गरी राख्ने जागरुक गरी राख्ने संगठित गरी राख्ने अभियान राक्यौं भने जुनसुकै बेला प्रतिगमन हुने खतरा छ ।’
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रचण्डले गत सालको प्रतिगमन सडकबाट लाखौं जनता उतारेर परास्त गरेको बताए । ‘अहिले खुलेयाम संविधान मिच्ने काम भएको छ । त्यसलाई आमजनताको बीचमा गएर कसरी प्रतिगमन फेरी आउँदै छ ? कसरी प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र भएको छ ? हामीले आमजनतालाई प्रशिक्षित गराउने, जागरूक तुल्याउने र आन्दोलित गरेर मात्रै यी प्रतिक्रान्तिकारी षडयन्त्रहरूलाई परास्त गर्न सकिन्छ,’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण