यी हुन् विश्वका उत्कृष्ट एयरलाइन्स, कतार एयरवेज शीर्ष स्थानमा
कतार एयरवेज सन् २०२२ को सबैभन्दा उत्कृष्ट एयरलाइन्स घोषित भएको छ । कोभिड महामारीका कारण सन् २०१९ पछि पहिलोपटक आयोजना गरिएको स्काईट्रयाक्स वर्ल्ड एयरलाइन्स अवार्ड २०२२ मा कतार एयरवेज उत्कृष्ट घोषित भएको हो ।
शुक्रबार लण्डनमा आयोजित कार्यक्रमबीच पुरस्कार वितरण गरिएको थियो । स्काईट्रयाक्स बेलायतमा रहेको एयरलाइन्स र एयरपोर्ट रिभ्यू र र्‍याङ्किङ साइट हो । विजेता घोषणा गर्नका लागि साइटले १ सय बढी देशका १.४ करोड यात्रुलाई सन् २०२१ सेप्टेम्बरदेखि २०२२ अगस्तसम्म सर्वेक्षण गरेको थियो ।
सन् १९९९ देखि यो अवार्ड दिन सुरु गरेयता कतार यो अवार्ड ७ पटक जितिसकेको छ । शुक्रबार आयोजित कार्यक्रममा एयरवेजले उत्कृष्ट बिजनेस क्लास, उत्कृष्ट बिजनेस क्लास सिट र उत्कृष्ट बिजनेस क्लास लाउन्जको अवार्ड पनि हात पारेको थियो । दुई महिना अघिमात्र एयरलाइन्स रेटिङ डटकमले पनि कतार एयरवेजलाई नै उत्कृष्ट घोषणा गरेको थियो ।
दोस्रो स्थानमा रहेको सिंगापुर एयरलाइन्सले उत्कृष्ट क्याबिन स्टाफ, उत्कृष्ट फर्स्ट क्लास, उत्कृष्ट फर्स्ट क्लास सिट र उत्कृष्ट फर्स्ट क्लास केटरिङको अवार्ड हात पार्यो ।
यस्तो छ उत्कृष्ट १० एयरलाइन्सको सूची :
१. कतार एयरवेज
२. सिंगापुर एयरलाइन्स
३. एमिरेट्स
४. अल निपोन एयरवेज
५. क्वान्टास
६. जापान एयरलाइन्स
७. टर्किस एयरलाइन्स
८. एयर फ्रान्स
९. कोरियन एयर
१०. स्वीस इन्टरनेसनल एयरलाइन्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण