पुटिनको आंशिक परिचालन : प्रदर्शनकारीलाई हिरासतबाटै लगियो भर्ती केन्द्रमा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँ ‘आंशिक परिचालन’को विरोधमा देशभरि प्रदर्शन जारी रहँदा अधिकारीहरूले सयौं मानिसहरूलाई गिरफ्तार गरेका एक स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ । ओभिड–इन्फोले ३२ विभिन्न शहरहरूमा ७२४ जनालाई नियन्त्रणमा लिएको बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि ३ लाख पुरुष तयार गर्ने योजना घोषणा गरेपछि व्यापक प्रदर्शन सुरु भएको छ ।
रुसी कानुनअन्तर्गत अस्वीकृत जुलुसहरू प्रतिबन्धित छन् । तर, नागरिकहरूलाई सेनामा भर्ना गर्ने पुटिनको कदमले शहरी क्षेत्रहरूमा ठूलो मात्रामा विरोध प्रदर्शन गरेको छ । यस हप्ताको सुरुमा प्रदर्शनहरूमा १ हजार भन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको थियो । ‘हामी तोपको चारा होइनौं’ भनेर कराउँदै गरेकी एक महिला प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । र, रसियाको दोस्रो सहर सेन्ट पिटर्सबर्गमा एक व्यक्तिले पत्रकारहरूलाई भने, ‘म पुटिनको लागि युद्धमा जान चाहन्न । ’
७० वर्षीया नताल्या डुबोभाले आफूले सदैब युद्धको विरोध गरेको बताइन् । शनिबार पक्राउ परेकामध्ये केहीलाई भर्ती केन्द्रहरूमा जान आदेश दिइएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण