कैलालीमा बाढी, फसेका २८ जनाको उद्धार
आइतबार, ०९ असोज २०७९, १९ : ५५
अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा बाढी आउँदा फसेका २८ जनाको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका–१८, नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा उनीहरु फसेका हुन् ।
धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेका उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ । उनका अनुसार पहिलो लटमा १५ र दोस्रो लटमा १३ गरी २८ जनाको उद्धार गरिएको हो ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भएको उनले जानकारी दिए । नदी पारी गाईबस्तु चराउन गएका तथा भारत गएकाहरु फर्किने क्रममा नदीमा फसेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण