मुन्द्रेले अमेरिकामा हसाए दर्शक
हास्य कलाकार जीतु नेपाल 'मुन्द्रे'ले अमेरिकामा दर्शक हसाएका छन् । उनले डिसी महानगर क्षेत्रमा शनिबारका दिन केसी डान्स सेन्टरद्वारा आयोजित ‘कलिउड नाइट २०२२’ कार्यक्रममा आफ्नो प्रस्तुति मार्फत दर्शक हसाएका हुन् ।
खचाखच भिड रहेको कार्यक्रममा बिशेष आकर्षण नै मुन्द्रे भएका थिए । अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति समेत रहेको कार्यक्रममा मुन्द्रेले २–४ वटा प्रस्तुति गरेका थिए, भने उनको प्रस्तुतिलाई दर्शकले औधी मन पराए ।
कार्यक्रम लोकगायक प्रेमराजा महत, गायिका शान्ति भण्डारी, संजोक योञ्जन, अभिनेता राहुल केसी, सबिना बज्राचार्य, लुना श्रेष्ठ ,नबिन केसी ,सारङ्गा श्रेष्ठ लगायतको समेत प्रस्तुति रहेको थियो ।

दशैँको दुर्गा अम्बे स्तुतिको सामूहिक प्रस्तुतिसँग सुरु भएको कार्यक्रमम सबै जातजातिलाई समेट्दै हिमाल, पहाड र तराईका बिभिन्न जातजातिका बिशेष गीतहरूमा किशोरीहरूको प्रस्तुति मार्फत राखिएको थियो । कार्यक्रमको अन्त्यमा दशैँ तिहारमा देउसी भैलोको प्रस्तुति पनि राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण