‘छोरीको जन्म भयो ? फारम भर्नुस्’
मधेस प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत नवजात छोरीहरुको अनलाईन फारम भर्न मुख्यमन्त्री लालबाबु राउतले अपिल गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ कार्यक्रम अन्तर्गत छोरी बिमा कार्यक्रम सञ्चालन गरिएको जनाएको हो ।
२०७८ माघ १ गते यता जन्मेका छोरीहरुको अनलाइनबाट शिक्षा विकास निर्देशनालय जनकपुरधामको वेबसाइटमा सूचना तथा निर्देशन अनुसार फारम भर्ने काम भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको हो । कार्यालयका अनुसार अभियानलाई प्रभावकारी बनाउन मधेस प्रदेशका आठ वटै जिल्लामा संयोजक तोकिएको छ । यसै अभियान अन्तर्गत सामुदायिक विद्यालयमा आठ कक्षा पढ्ने छात्राहरुलाई साइकल वितरण कार्यक्रम थालिएको थियो । उक्त कार्यक्रममा आर्थिक हिनामिना भएको आरोप लागेपछि केही दिनसम्म अभियान सुस्ताएको थियो ।
सरकारको कार्यकाल अन्त्य हुनै लाग्दा अभियानले फेरि गति लिन थालेको छ । मुख्यमन्त्री राउतले सूचना मार्फत् प्रदेशवासीलाई अपिल गर्दै भनेका छन्, ‘छोरी सुरक्षाका लागि छोरी बिमा गराउनुहोस् । छोरीको बिमा गराउन अनलाइन फारम भर्नुहोस् ।’ यो फारम जुनसुकै स्थानबाट भर्न सकिने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण