केयर रेटिङ्गस् नेपालको कारोबार शुरु
काठमाडौं – केयर रेटिङ्गस् नेपालले नेपालमा आफ्नो कारोवार शुभारम्भ गरेको छ । उक्त कम्पनीले आज काठमाडौंमा आयोजना गरेको शुभारम्भ समारोहको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले उद्घाटन गरे ।
केयर रेटिङ्गस् लिमिटेड, इन्डियासहितको संयुक्त लगानीमा स्थापित केयर रेटिङ्गस् नेपालले गत कार्तिक ३० गते नेपाल धितोपत्र बोर्डबाट नेपालमा क्रेडिट रेटिङ्ग व्यवसाय सञ्चालन गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको हो ।
केयर रेटिङ्गस् नेपालले साधारण शेयर (आइपिओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चर्स, व्यापारिक कागजात, बैंक निक्षेप, सामुहिक लगानीकोष (म्युचुअल फन्ड), अग्राधिकार शेयर निष्काशन गर्ने कार्यका लागि समेत स्तर निर्धारण सेवा(रेटिङ्ग) उपलव्ध गराउने छ । यसका अतिरिक्त इन्स्योरेन्स कम्पनीहरु, सम्पत्ति व्यवस्थापन कम्पनीहरु एवं साना तथा मझ्यौला उद्यमहरुलाई समेत शेयर (आइपिओ) को स्तर निर्धारण सेवा प्रदान गर्ने छ ।
उद्घाटन समारोहलाई सम्वोधनगर्दै प्रमुख अतिथि कार्कीले नेपालको बजार सम्भाव्यताका आधारमा तथा वित्त बजारमा बढी पारदर्शीता ल्याउने उद्धेश्यका साथ कम्पनीलाई अनुमति पत्र प्रदान गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण