‘नेशनल सेक्युरिटी एन्ड दी स्टेट : अ फोकस अन नेपाल’ सार्वजनिक
केशरबहादुर भण्डारीको ‘नेशनल सेक्युरिटी एन्ड दी स्टेट : अ फोकस अन नेपाल’ पुस्तक सार्वजनिक भएको छ । लेखकले इच्छाएको व्यक्तिलाई पुस्तक उपहार दिएर विमोचन गर्ने परम्पराअनुसार गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ र अवकाश प्राप्त सहायक रथी लेखक केशरबहादुर भण्डारीले बिहीबार संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै भण्डारीले हामीलाई मुलुकको सुरक्षा संवेदनशीलता र हाम्रो तयारीबारे अवगत गराउन यो पुस्तक प्रकाशन गरिएको बताए । “छिमेकी एवं विश्व शक्ति राष्ट्रका दीर्घकालीन स्वार्थहरू जोडिएका भूराजनीतिक अवस्थाले हाम्रो सुरक्षा र समृद्धिका क्षेत्रमा अवसर र चुनौती दुवै उभ्याएको छ,” लेखक भन्छन्, “धेरै मुलुकमा जस्तै हामीकहाँ पनि लगातार परिवर्तनशील आन्तरिक परिस्थितिले उभ्याउने आन्तरिक सुरक्षा चुनौतीका अझ बढी जटिलता विद्यमान छन् ।” उनका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय देशको सुरक्षा रणनीति बनाउने सबैभन्दा महत्वपूर्ण निकाय हो । त्यसैले यसलाई अधिकारसहितको नेतृत्व दिइनुपर्ने विचार लेखकको छ ।
लेखक भण्डारी राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा रहेर कामसमेत गरिसकेका अधिकारी हुन् । राष्ट्रिय सुरक्षा विषयमै विद्यावारिधिसमेत गरेका उनले देश, विदेशका विश्वविद्यालय र सुरक्षासम्बन्धी अध्ययन केन्द्रहरूमा विद्वत् प्रवचन पनि दिँदै आएका छन् ।
सो कार्यक्रममा बोल्दै पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले नेपालको सुरक्षा र सुरक्षा नीतिका फराकिलो विषयवस्तुलाई सम्बन्धित विज्ञद्वारा सरल भाषामा बुझाउन खोजिएको सम्भवतः यो पहिलो प्रयास भएको बताइन् । उनले भनिन्, “राष्ट्रिय सुरक्षाजस्तो अत्यधिक चर्चा हुने तर कमै पढिएको विषयवस्तुलाई यस पटक हामीले प्राथमिकताका साथ पाठक समक्ष राखेका छौँ ।”
उक्त पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने र ई–बुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिने पब्लिकेसन्स नेपालयले जनाएको छ । चार सय २६ पृष्ठको सो पुस्तकको मूल्य ९ सय ९५ रुपैयाँ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण