लाल मोहम्मद प्रकरण : वीरगञ्जमा भारतीयले दिए पेस्तोल, दुई युवकले काठमाडौं ल्याए
मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिस्वा घर भएका रेहान खान, मेहरन मियाँ र आफुलाई सुमी भनेर चिनाउने सुमित्रा छिन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । पक्राउ पर्नेहरूले लाल मोहम्मदलाई हत्या गर्नुअघि हतियार व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पर्साबाट पक्राउ परेका रेहान खानलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।
मेहरन र रेहानलाई एकजना भारतीय नागरिकले वीरगञ्जमा दुई थान पेस्तोल दिएका थिए । सो पेस्तोल काठमाडौं ल्याएर ‘सुटर’ लाई दिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । दुईजना सुटरले गोली हानेर गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई हत्या गरे ।
मोहम्मदको हत्या भएको अघिल्लो दिन (२ असोज) मा दुई युवक काठमाडौंबाट बस चढेर तराई फर्केको अनुसन्धानबाट थाहा भएको छ । काठमाडौंमै रहेकी सुमित्रा नाम गरेकी युवतीले मोहम्मदको निगरानी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । सुमित्रा लागुऔषध प्रयोगकर्ता पनि हुन् ।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए । हत्याको योजना भारतीय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । नितेन फरार छन् ।
प्रहरीका एकजना उच्च अधिकारीकाअनुसार भारतीय अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवको निर्देशनमा नितेनले हत्या योजना बनाएको खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
