गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मनाओस्: राजदूत श्रीवास्तव
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताएका छन् । १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताएका हुन् ।
उनले भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने जिकिर गरे । उनले भने, ‘गान्धीजीको विचार, नैतिक मूल्य,मान्यताद्वारा भारतको स्वाधीनताको सङ्ग्राम नेतृत्व भयो । गान्धीजीको विचार कसरी व्यवहारमा लागू गर्ने भन्ने कुरा छ । गान्धीजी आज हामीसँग नभए पनि उहाँका नैतिक र आध्यात्मिक मूल्यका कारण, विचारधाराका कारण भारत र नेपाल मात्रै नभई विश्वका नेताहरूले उहाँको विचारधारालाई अघि बढाएका छन् । नेल्सन मण्डेला पनि गान्धीजीको विचारधारलाई अँगालेर दक्षिण अफ्रिकाको भेदभावलाई अन्त्य गर्न सक्नुभयो । गान्धीजीले अर्को कुरा गर्नुभएको थियो । जुन भारतमा स्वच्छता दिवसको रूपमा हामी मनाउँछौँ । प्रधानमन्त्री मोदीले २०१४ मा महात्मा गान्धी दिवसलाई स्वच्छता दिवस, स्वच्छताको एक अभियान लागू गर्न भन्नुभएको थियो । यो दिवस भारतमा त हामी मनाउँछौँ नै नेपालमा पनि यसको अनुसरण भयो भने राम्रो नै हुन्छ ।’
उनले महात्मा गान्धीको विचारधारको एकांश पनि कसैले आफ्नो जीवनमा अनुसरण गर्ने हो भने समाज शान्त र सुव्यवस्थित बन्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण