यसरी तयार गर्नुहोस् आफ्नै भान्छामा स्वादिष्ट ‘मटन सेकुवा’
दसैँ भन्नासाथ खानपानको कुरा त जोडी नै हाल्छ । भन्ने गरिन्छ नि, ‘दसैँ आयो खाउँला पिउँला’ । परम्परागत र सांस्कृतिक महत्त्वसहित मिष्टान्न परिकारसहितको पारिवारिक जमघट हो दसैँ । यो पर्वमा हामी मासुसहितका थुप्रै परिकारको मज्जा लिने गर्छौ । तर, मासुका थुप्रै परिकार चाहिँ कसरी बनाउने त ! यसबारेमा धेरै जनाको चासो र जिज्ञासा हुनसक्छ । त्यसैले आज हामीले दसैँमा घरमै बसेर ‘मटन सेकुवा’ कसरी बनाउने त्यसबारेमा भिडियो सामग्री नै तयार गरेर प्रस्तुत गरेका छौँ ।
मासु खानेहरूका लागि मटन सेकुवा भन्नासाथ जिब्रो रसाउनु स्वाभाविक हो । किनकि हामीले होटल रेष्टुरेन्टमा खाने मटन सेकुवाको स्वाद पनि निकै मिठो हुन्छ । तर, हामीले घरमै यसलाई कसरी तयार गर्ने त ! मिठो मटन सेकुवा कसरी बनाउने र त्यसका लागि आवश्यक सामग्री के–के हुन सक्छन्?
मटन सेकुवा रेसिपी (आवश्यकता अनुसार)
खसीको मासु (बोनलेस)
सादा दही
नुन
मरिचको धुलो
अजिना मोटो (स्वादको लागि मात्र)
बेसार
सुकेको खुर्सानीको धूलो
जिराको धुलो
मिट मसला
गरम मसला
कागतीको रस
अदुवा र लसुनको पेष्ट र,
तोरिको तेल
विरे नुन ।
उल्लेखित सामग्रीको तयारी पछि अब बनाउन सकिन्छ आफ्नै भान्छामा मटन सेकुवा । यसकालागि काठमाडौँ आलोकनगर स्थित झिर सेकुवाका सेफ पाण्डव आले मगरको सहयोगमा हामीले भिडियो सामग्री पनि तयार पारेका छौँ । जसको सहयोगबाट पनि तपाईंले यो दसैँमा आफ्नै भान्छामा मटन सेकुवा बनाएर परिवारसँग रमाउनु सक्नु हुनेछ । मटन सेकुवा तयार पारिसकेपछि हरियो खुर्सानीको अचार र टिमुरको छोपसँगै राख्नुभयो भने त्यसको स्वाद झनै बढ्ने छ ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण