प्रतिनिधि सभा भंग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयोः मन्त्री चौधरी
नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।
एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘सबै मिलेर विगतमा पञ्चायत फालियो । राजतन्त्र फालियो । नयाँ संविधानमार्फत् गणतन्त्र पनि सबै मिल्दा मात्र संभव भएको हो । अब फेरि जसले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा दुई दुई पटक भंग गर्याे त्यसलाई सजाय दिने सुनौलो अवसर आएको छ ।’
नयाँ संविधान समावेसी, प्रगतिशील, महिला मैत्री, सीमान्तकृत जन जातिका पक्षमा रहेकाले यसलाई समाप्त पार्न केपी ओली लागेको बताउँदै मन्त्री चौधरीले थपे, ‘विश्वमै उत्कृष्ट संविधान हामीले बनाएका थियौँ । जनताको ठुलो त्याग र बलिदानबाट बनेको नयाँ संविधानमाथि किन निरन्तर प्रहार भयो, किन त्यत्रो उपलब्धि समाप्त पार्न खोजियो भन्ने कुरा अब जनताले बुझिसकेका छन् । राष्ट्रिय सभाको चुनावदेखि स्थानीय चुनावसम्म आइपुग्दा ओलीजीको एमाले पार्टी रक्षात्मक बन्दै गएको छ र अबको चुनावबाट समाप्त हुने दिशातर्फ उन्मुख भएको छ ।’
उक्त कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, केन्द्रीय अनुशासन आयोगका सदस्य वीर बहादुर केसी, जिल्ला अध्यक्ष सुरामणि बेल्बासे, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य मिश्रीलाल यादव, नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य घनश्याम सुवेदी, जनमोर्चाका कपिलदेव खनाल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण