हालान्डको गोल वर्षा जारी
अर्लिङ हालान्डको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले कोपनहेगनमाथि गोलवर्षा गरेको छ । बुधबार राति च्याम्पियन्स लिगको समूह जी अन्तरगतको खेलमा सिटी ५–० गोलले विजयी भएको हो ।
खेलको सातौँ मिनेटमा नै हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३२ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । हालान्डले प्रतियोगिताको २२ खेलमा २८ गोल गरेका छन् । योसँगै पहिलो ३० खेलमा सबैभन्दा धेरै गोल गर्ने रुड भान निस्टरलोयको कीर्तिमानलाई उनले भङ्ग गरेका छन् । यो सिजन उनले पेप ग्वार्डिओलाको टोलीका लागि १२ खेलमा १९ गोल गरिसकेका छन् ।
हालान्डको दोस्रो गोल लगत्तै कोपेनहेगनले आत्मघाती गोल गरेपछि पहिलो हाफ सकिँदा सिटीले ३–० को अग्रता बनायो । दोस्रो हाफमा रियाद महारेजले पेनाल्टीबाट सिटीको अग्रता फराकिलो बनाए भने जुलियन अल्भारेजले सिटीको पाँचौ गोल गरे । अब अगाामी खेलमा जीत हासिल गरे सिटी अन्तिम १६ मा प्रवेश गर्नेछ ।
समूहकै अन्य खेलमा बोरुसिया डर्टमन्डले स्पेनिस क्लब सेभियालाई उसैको घरेलु मैदानमा ४–१ गोलले हरायो । डर्टमन्ड ६ अङ्कसहित समूहको दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण