कैलाली-५ मा उम्मेदवारी दिने पुष्करनाथको तयारीले कांग्रेसभित्र खैलाबैला
कैलाली निर्वाचन क्षेत्र नं.५ मा उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसभित्र रस्साकस्सी चलिरहेको बेला पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाको उम्मेदवारीको तयारीले खैलाबैला मच्चिएको छ ।
कैलाली निर्वाचन क्षेत्र नं. ५ ले राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आएको छ । सत्तारुढ गठबन्धनभित्र भागबण्डा हुँदा नेपाली कांग्रेसको भागमा सो प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र परेको हो ।
तर नेपाली कांग्रेसको कारबाहीमा परेका नेता ओझाको उम्मेदवारीको तयारीले कांग्रेसी नेता तथा कार्यकर्ताबीच हलचल पैदा गरेको हो ।
निर्वाचन आयोगले पर्सी (आइतबार) उम्मेदवार मनोनयन दर्ताको समय तोकेकाेले ओझाले स्वतन्त्र उम्मेदवारी दिने विषयमा शुक्रबार धनगढीमा निकटस्थसँग छलफल समेत गरेका छन् । उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लड्न तयारी थालेको बताइएको छ ।
ओझाले आज नै पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेका छन् । २०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट बनेका थिए । आरजु नेकपा एमालेका नारदमुनि रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनलाई कारबाही गरेको थियो ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने देखेपछि समानुपातिक रोजेकी छन् । यो बीचमा ओझालाई फकाउने प्रयास समेत असफल भएका थिए ।
उनी समानुपातिक सूचीमा परेपछि कैलाली–५ मा नेपाली कांग्रेसले ओझामाथिको कारवाही फुकुवा गरेर टिकट दिने चर्चा चलेको थियो । तर बालुवाटारले भने पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तलाई प्रतिनिधिसभा सदस्यको चुनाव लड्न तयारी गर्न भनिसकेको बताइएको छ । तर यसबारे अझै निर्णय भइनसकेको नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण