पाल्पामा खोलाले बगाएर एकजना बेपत्ता
शनिबार, २२ असोज २०७९, ०९ : ०३

खोलाले बगाएर पाल्पामा एक जना बेपत्ता भएका छन् । पाल्पाको अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर बेपत्ता भएका हुन् । निस्दी गाउँपालिका–२, स्थित सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
ससुरालीबाट फर्कने क्रममा बराई रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सिमाना साखर्दी खोला तर्ने क्रममा शुक्रबार बेलुकी बेपत्ता भएको प्रहरीले जनाएको छ । बराईसँगै चन्द्रबहादुर आले र नेश्नल राना भने उक्त खोला तर्न सफल भएको स्थानीयले बताएका छन् ।
उनको खोजीका लागि प्रहरी र स्थानीयले प्रयास गरेपनि शनिबार बिहानसम्म उनको अवस्था पत्ता नलागेको पाल्पा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी