मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु
शनिबार, २२ असोज २०७९, १२ : २४
मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर-९ धुरु भिरबाट लडेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार मनहरी गाउँपालिका(६ घर भई हाल ससुराली राक्सिराङ गाउँपालिका-९ धुरु बस्दै आएका ४० वर्षीय मनोज राईको भिरबाट लडेर मृत्यु भएको हो ।
शुक्रवार साँझ मादक पदार्थ सेवन गरी ससुराली घरबाट आफुखसी निस्किएका राई अबेरसम्म नफर्किएपछि आफन्तले खोजतलास गर्दा राईको शव धुरु भिरमा फेला परेको थियो । राईको शव शनिवार बिहान ससुराली घरदेखि करिव २ किलोमिटर दक्षिण धुरु भिरमा फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
घटनास्थलमा प्रहरीको टोली पुगेर थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण