बाराका ३ क्षेत्रमा एमाले–जसपा तालमेल, एकमा प्रतिस्पर्धा
नेकपा एमाले र जसपा नेपालबीच प्रतिनिधिसभा अन्तर्गत ५२ सिटमा तालमेल हुने भए पनि ती बाहेकका कतिपय क्षेत्रमा दुवै दल आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । यसकै एउटा उदाहरण बनेको छ बारा क्षेत्र नम्बर ३ ।
बाराको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १, २ र ४ मा एमाले र जसपाबीच तालमेल हुने भएको छ । तर क्षेत्र नम्बर ३ मा भने दुवै दल आपसमा प्रतिस्पर्धामा उत्रिने भएका छन् । क्षेत्र नम्बर ३ मा दुवै दलले आफ्नो दाबी नछाडेपछि सहमति जुट्न नसकेको हो ।
बारा ३ मा जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु यादव उम्मेदवार बन्ने भएका छन् । सो क्षेत्रमा एमालेबाट पोलिटब्युरो सदस्य ज्वाला साह उम्मेदवार हुने पक्का भइसकेको छ । दुवैले उम्मेदवारी दिने अडान राखेपछि नेतृत्व तह सो क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको हो ।
‘बारा क्षेत्र नं ३ मा मेरो र ज्वाला साहको दाबी भएपछि गठबन्धन नहुने अवस्था बन्यो, हामी दुवै मित्रवत् प्रतिस्पर्धामा उत्रने सहमति भएको छ,’ जसपाका प्रदेश अध्यक्ष रामबाबु यादवले भने । यता नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेकी ज्वाला साहले पनि संघतर्फ बारा क्षेत्र नं ३ नछोड्ने जनाएकी छन् । ‘बारा–३ मा गठबन्धन नगर्ने निर्णय भएको छ,’ साहले रातोपाटीसँग भनिन् ।
बारा–३ मा जसपाका यादवले २०७४ को निर्वाचनमा नेपाली कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पराजित गरेका थिए भने साहले प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार रामानन्द यादवलाई पराजित गरेकी थिइन् ।
२०७४ मा माओवादी केन्द्रबाट ३ (क)प्रदेश सभा सदस्य जितेकी साह यसपटक भने एमालेबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएकी छन् । जसपा र एमालेबीच भएको सहमति अनुसार बाराको क्षेत्र नम्बर १ र ४ मा एमाले र क्षेत्र नम्बर २ मा जसपाले उम्मेदवारी दिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण