किताब बेचेर स्वतन्त्रबाट चुनाव लड्दै रामरिझन यादव
नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले सिरहा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी यसपटक आफ्नो पुस्तक ‘मानव साङ्गलो’ बेचेर चुनाव लड्ने भएका हुन् । उनी भन्छन्, यसपटक ‘एक भोट एक पुस्तक’ अभियानका साथ स्वतन्त्र उम्मेदवारी दिन्छु ।’ क्षेत्रका प्रत्येक मतदातासँग मत माग्न जाने र त्यो पुस्तक खरिद गर्न आग्रह गर्ने बताउँदै उनले त्यहीँ पुस्तक बिक्री भएको आम्दानीबाट चुनाव लड्ने आफ्नो तयारी रहेको बताए ।
यसपटक कसैसँग कुनै चन्दा वा सहयोग नलिने बताउँदै उहाँले सबै मतदातालाई पुस्तक खरिद गर्नका लागि आफूले आग्रह गर्ने बताए । उनी आफू नेपाल समाजवादी पार्टीमा नरहेको दाबी गरे । उनले भने, ‘जसपा नेपाल विभाजन हुँदा म अस्पतालमा थिए, त्यो विभाजनसँग मेरो कुनै सरोकार थिएन तैपनि मेरो नाम नेपाल समाजवादी पार्टीमा राखिएको छ ।’ आफूले पार्टीमा नबस्ने भन्दा भन्दै पनि केन्द्रीय सदस्यमा नाम राखेको दाबी गर्दै नेता यादवले आफू अस्पतालमै हुँदा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।
नेता यादव तीनपटक चुनाव लडेका छन् तर कहिल्यै जितेनन् । २०५६ को आमसभा र २०६४ को संविधानसभा चुनाव तत्कालीन संयुक्त जनमोर्चाबाट लडेका थिए भने २०७० को संविधानसभा चुनाव माओवादीको तर्फबाट लडेका थिए । २०७४ को चुनावमा उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट समानुपातिक उम्मेदवार थिए । तर त्यसमा पनि उनी पराजित नै भए ।
भोलि नै उम्मेदवारी दर्ता गराउने स्थलमा उनले आफ्नो पुस्तक पनि विमोचन गराउने तयारी गरिरहेका छन् । हालै उनको मुटुको अप्रेसन पनि भएको छ । उनलाई डाक्टरले आराम गर्न लागि भने पनि उनी चुनावमा होमिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण