एमाले नेता–कार्यकर्ता भन्छन्, ‘ओलीको तानाशाही प्रवृत्तिले भुसाललाई पार्टी छाड्न बाध्य पार्यो’
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी परित्यागको घोषणासँगै उनी निकट रुपन्देहीका नेता कार्यकर्ताले उक्त कदम उचित भएको टिप्पणी गरेका छन् । पार्टीमा नेता भुसालको नीति लागू भएको तर नेतृत्व निरङ्कुश र अराजक भएको कारण पार्टी परित्याग गर्नुपरेको उनीहरूले बताएका छन् ।
शनिबार रातोपाटीको संवादमा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्यायले भने, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरङ्कुश र तानाशाही प्रवृत्तिले गर्दा घनश्याम भुसालले पार्टी परित्याग गर्नुपरेको हो ।’ पार्टीमा नीति भुसालको लागू भए पनि ओलीको नेतृत्व अराजक प्रकारको भएकाले समस्या उत्पन्न भएको उपाध्यायले टिप्पणी गरे । घनश्याम भुसालको पक्षमा रुपन्देहीका धेरै नेता कार्यकर्ता लामबद्ध रहेको उपाध्यायले उल्लेख गरे । भुसालले पार्टी परित्याग गर्नु उपयुक्त कदम भएको उनको तर्क छ । आफ्नो समर्थन पनि भुसालप्रति रहेको उनले बताए ।
सिद्धार्थ नगरपालिका भैरहवाका मेयर पदका प्रत्याशी एमाले नेता डा. रामप्रसाद बस्यालले भुसालको राजनीतिक योगदानलाई अवमूल्यन गरिएकाले पार्टी परित्याग गर्ने अवस्था सृजना भएको उल्लेख गरे । उनले भने, ‘घनश्याम भुसालको योगदानको कुनै मूल्याङ्कन गरिएन, उल्टै बहिष्कार गरियो ।’ भुसालको राजीनामाले नेपालको राजनीतिमा तरङ्ग ल्याइदिएको उनले बताए । ‘भुसाललाई रुपन्देहीमा उम्मेदवार बन्न नदिइएपछि एमालेले कसलाई भोट हाल्ने ?’–उनले प्रतिप्रश्न गरे । निष्ठाको राजनीति गर्ने भुसालको पछि धेरै नेता कार्यकर्ता रहेको उनले दाबी गरे ।
एमाले रुपन्देहीका अर्का नेता किरण नेपालले पार्टीमा सैद्धान्तिक वैचारिक नीति कायम गर्न धेरै योगदान दिएका नेता भुसाललाई नेतृत्वले निषेध गर्ने चेष्टा गरेकाले भुसालले उचित कदम चालेको उल्लेख गरे । पार्टीमा व्यक्तिवाद हाबी भएको भन्दै ओली नेतृत्वले अराजकता सृजना गरेको उनको भनाई छ । नेपालले भने, ‘घनश्याम भुसालले सोचेरै पार्टी परित्याग गर्नुभएको छ, पार्टीमा एकाधिकारविरुद्ध लड्दै आउनुभएका भुसालले नेतृत्वको अराजकता सहन नसकेर पार्टी परित्याग गर्नुभएको हो ।’ पार्टीमा केपी ओलीले व्यक्तिवादी प्रवृत्ति देखाउँदा समस्या उत्पन्न भएको उनको तर्क छ । भुसालको निर्णय उचित भएको उनले बताए ।
एमाले रुपन्देही उपाध्यक्ष एवं तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीले भुसालले पार्टी परित्याग गर्नु दुखद् भएको टिप्पणी गरिन् । भुसालको बहिर्गमनले पार्टीलाई ठुलो क्षति पुगेको उनको भनाई छ ।
रुपन्देहीका अन्य एमाले नेता पुरुषोत्तम घिमिरे, खेम लुइँटेल, हरि अधिकारीलगायत भुसाल निकट मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

