शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सन्तानको स्याहार गर्न फिल्मबाट ब्रेक लिँदै रणवीर कपुर

आइतबार, २३ असोज २०७९, १० : १२
आइतबार, २३ असोज २०७९

अभिनेता रणवीर कपुर र आलिया भट्ट सन्तान लाभको प्रतीक्षामा छन् । रणवीरको हातमा फिल्मको लामै सूची छ । तर, पनि उनी केही समयका लागि फिल्मी व्यस्तताबाट अलग्गिने भएका छन् ।

चाँडै पिता बन्न लागेपछि रणवीर सन्तानको जन्म समय सन्तानसँग बस्नका लागि केही समयसम्म फिल्मबाट ब्रेक लिन चाहन्छन् । अर्थात सन्तान स्याहार गर्न उनी ‘पितृत्व अवकाश’ लिँदैछन् । यसका लागि उनले अहिलेसम्म कुनै पनि फिल्ममा हस्ताक्षर गरेका छैनन् । सन्तानको जन्मपछि आमा आलिया काममा फर्किने भएकाले रणवीर अधिकांश समय सन्तानसँगै बिताउन चाहन्छन् ।

‘रणवीर पिता बनेपछि पेटरनिटी ब्रेक लिन चाहन्छन् । उनी पिता बन्नका लागि निकै उत्साहित छन् । उनले आलियालाई सन्तान जन्मिएपछि काममा फर्कन आग्रह गर्दै आफूले सन्तानको हेरविचार गर्ने सुझाव दिएका छन्,’ आलिया र रणवीरका नजिकका एक साथीको भनाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

आलिया करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’ को रोकिएको काम पुरा गर्नेछिन् । त्यसपछि उनी सञ्जय लीला भन्सालीको ‘बैजू बावरा’ तिर लाग्नेछन् । यता रणवीर सन्दीप रेड्डी बंगाको फिल्म ‘एनिमल’ को काम तीब्र रुपमा पुरा गर्ने दौडधुपमा छन् । उनले अहिलेसम्म कुनै पनि प्रोजेक्ट स्वीकारेका छैनन् । 
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप