निजी क्षेत्रसँग सहकार्य गरी लगानी भित्र्याऔँ : चन्द्रप्रसाद ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नका लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् । मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरे । वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा अन्य देशको भन्दा लगानीको प्रतिफल समेत राम्रो रहेको बताए । उनले नेपालमा गैर आवासीय नेपालीहरुले लगानी गर्नको लागि पुराना र जटिल कानूनहरु परिवर्तन भएको र बाँकी कानूनहरु परिर्वतन गर्ने प्रक्रियामा रहेको बताए ।
ढकालले निजी क्षेत्रको सहकार्यमा गैर आवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा लगानी गर्ने विषयमा सहकार्य गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको बताए । वरिष्ठ उपाध्यक्ष ढकालले गैर आवासीय नेपालीहरुलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा शुरु भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण