चीनका ठुला सहरमा फेरि बढ्यो कोरोना संक्रमण, विद्यालय र मनोरञ्जन स्थल बन्द
कोभिड संक्रमणका घटनामा वृद्धि भएसँगै सेन्झेन र सांघाईलगायतका ठूला सहरहरूमा परीक्षण तीब्र पारिएको छ । ती सहरका केही क्षेत्रमा विद्यालय, मनोरञ्जन स्थल, पर्यटकीय केन्द्रहरू बन्द भएका छन् ।
यस महिनाको सुरुमा राष्ट्रिय दिवस ‘गोल्डेन विक’को समयमा बढेको घरेलु यात्रापछि बढेको वृद्धिसँगै संक्रमण अगस्टदेखि सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अधिकारीहरूले अक्टोबर १० मा २,०८९ नयाँ स्थानीय संक्रमण रिपोर्ट गरेका छन्, जुन अगस्ट २० यताकै सबैभन्दा धेरै हो ।
भित्री मंगोलियाको उत्तरी क्षेत्रका रमणीय स्थलहरू सहित पर्यटक गन्तव्यहरूमा संक्रमणका केही घटना देखिएका छन् । त्यस्तै पहाडका मुख्य आकर्षक पर्यटकीय क्षेत्रमा पनि संक्रमण बढेका छन् । चीनको वित्तीय राजधानी सांघाईमा सोमबार २८ जनामा स्थानीय संक्रमण देखिएको थियो । बाहिरबाट ती सहरमा जाने यात्रु र होटल जस्ता स्थानमा जाँचमा कडाइ गरिएको अधिकारीहरूले बताएका छन् ।
चीनले कोभिडविरुद्ध शून्य नीति लागू गर्ने बताउँदै आएको छ । अक्टोबर १६ मा सुरु हुने कम्युनिष्ट पार्टीको महाधिवेशनभन्दा केही दिन अगाडि कोभिड रोकथामसम्बन्धी उपायलाई सशक्त बनाइएको छ । महाअधिवेशनमा राष्ट्रपति सी जिनपिङले आफ्नो नेतृत्व विस्तार गर्ने अपेक्षा गरिएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण