समुन्द्रपार निकासी पैठारी संघले भन्यो– आयात प्रतिवन्ध हटाऊ
नेपाल समुन्द्रपार निकासी पैठारी संघले आयातमाथिको प्रतिवन्ध हटाउन माग गरेको छ । बढी राजस्व हुने वस्तुको आयातमै प्रतिवन्ध लाग्दा लक्ष्य अनुसार राजस्व संकलन नहुने र ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको संघको भनाई छ ।
आयातमा प्रतिबन्ध लगाइएको सवारी साधन र मोटरसाइकल बाहेकका वस्तु अवैध बाटोबाट तस्करी भइरहेको भन्दै संघले यो तथ्यलाई मनन गरी बाँकी ४ वस्तुको आयातमा लगाइएको प्रतिबन्ध यथाशीघ्र हटाउन माग गरेको हो । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरेपनि कार जीप भ्यान, ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यको मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायमै छ ।
‘बढी राजस्व हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकिरहेको छैन भने अर्कातर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ, आयातमा प्रतिबन्ध लगाइएको सवारी साधन र मोटरसाइकल बाहेकका वस्तु अवैध बाटोबाट तस्करी भइरहेको छ, यो तथ्यलाई मनन गरी बाँकी ४ वस्तुको आयातमा लगाइएको प्रतिबन्ध यथाशीघ्र हटाउन जोडदार माग गर्दछौं,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल राष्ट्र« बैंकले महँगी नियन्त्रण गर्न भन्दै मुद्रा प्रदायकलाई कसिलो बनाउँदै ब्याजदर बढाउने नीति लिएको र महँगी नेपालको आन्तरिक कारणले नभई बाह्य कारणले भएको संघको दाबी छ । राष्ट्र« बैंकको कदमले ब्याजदर बढ्दा व्यवसाय सञ्चालन निकै कठिन भएको भन्दै संघले आर्थिक क्रियाकलापमा गिरावट आउँदा व्यापारी, सर्वसाधारण र सरकारी राजस्व सबैमा नकारात्मक असर परेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण