एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठद्वारा पार्टी परित्याग
टिकट वितरणमा भेदभाव गरिएको भन्दै नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ सहित ३ जनाले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन । बारा क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठसहित प्रस्तावक र समर्थक बसेका अन्य २ जनाले समेत पार्टीबाट राजीनामा दिएका हुन् । पार्टीले बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएसँगै उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै आजै पार्टी परित्याग गरेका घोषणा गरेका थिए ।
राजीनामा दिने अन्य एमाले नेताहरुमा यमबहादुर खड्का (नारायण) र गोपाल लम्साल रहेका छन् । बारा १ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले पार्टीले टिकट वितरणमा भेदभाव गरेकोले आफुले असहमति जनाउँदै पार्टी परित्याग गरेको बताएका छन् । ‘उम्मेदवारी दिएर पार्टीमा बस्ने वातावरण नभएको र पार्टीले हाम्रो कामको मूल्यांकन नगरेकोले मैले पार्टीबाट राजीनामा दिएको हुँ’ एमाले प्रदेश कमिटी सदस्य श्रेष्ठले रातोपाटीसँग भने ।
एमालेले भुगोल समेत नमिलाइ एकै स्थानका नेताहरुलाई टिकट दिएको, टिकट दिँदा योगदानको मूल्याङकन नगरेको समेत गुनासो गरेका छन् । २०३६ सालदेखि एमालेमा सक्रिय राजनीति गरेका श्रेष्ठ २०५६ सालमा निजगढ गाविस अध्यक्ष भएका थिए भने त्यसयता विद्यालय, अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहेका छन् ।
उनले यसअघि स्थानिय तह निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराए पनि स्थानीय अग्रज नेताहरुले प्रदेशमा प्राथमिकता दिने भनी उम्मेदवारी फिर्ता गर्न लगाएका थिए । नेता श्रेष्ठ एमालेभित्र पुरुषोत्तम पौडेल गुटका हुन् । बारा क्षेत्र नं १ मा अच्युत मैनाली र ४(क) मा एमालेका त्रिलोकी चौधरीले उम्मेदवारी दिएका छन् । मैनाली र चौधरी २०४७ को निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए । चौधरीले २०७४ मा निर्वाचन प्रदेशसभा सदस्य निर्वाचित भएका थिए भने मैनाली कांग्रेस नेता उमाकान्त चौधरीसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण