मधेस प्रदेशसभा सदस्यमा ५४७ स्वतन्त्र उम्मेदवार
मधेस प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ ५४७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभाको ६४ सिटमा ५४७ स्वतन्त्र उम्मेदवार दलका उम्मेदवारविरुद्ध प्रतिस्पर्धामा उत्रिएका हुन् । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ तर्फ ३ जना र ‘ख’ तर्फ ३ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै सप्तरी क्षेत्र नम्बर २ को ‘क’ मा ७ जना र ‘ख’ मा ५ जना स्वतन्त्र उम्मेदवार छन् ।
यसैगरी सप्तरी क्षेत्र नम्बर ३ को ‘क’ तर्फ ९ र ‘ख’ तर्फ २ जना, सप्तरी क्षेत्र नम्बर ४ को ‘क’ मा ४ जना र ‘ख’ तर्फ ४ जना स्वतन्त्र उम्मेदवार छन् । सिरहा क्षेत्र नम्बर १ ‘क’ तर्फ ६ जना, ‘ख’ तर्फ ५ जना, क्षेत्र नम्बर २ ‘क’ तर्फ ८ जना, ‘ख’ तर्फ ८ जना, क्षेत्र नम्बर ३ ‘क’ तर्फ ११ जना, ‘ख’ तर्फ ९ जना, क्षेत्र नम्बर ४ ‘क’ तर्फ ११ जना र ‘ख’ तर्फ ११ जना स्वतन्त्र उम्मेदवार छन् ।
यसैगरी धनुषा क्षेत्र नम्बर १ ‘क’ तर्फ ८ जना, ‘ख’ तर्फ ७ जना, क्षेत्र नम्बर २ ‘क’ तर्फ ८ जना, ‘ख’ तर्फ ८ जना, क्षेत्र नम्बर ३ ‘क’ तर्फ ११ जना, ‘ख’ तर्फ १९ जना, क्षेत्र नम्बर ४ ‘क’ तर्फ ८ जना र ‘ख’ तर्फ ५ जना स्वतन्त्र उम्मेदवार छन् ।
महोत्तरी क्षेत्र नम्बर १ ‘क’ तर्फ १० जना, ‘ख’ तर्फ १७ जना, क्षेत्र नम्बर २ ‘क’ तर्फ ८ जना, ‘ख’ तर्फ १३ जना, क्षेत्र नम्बर ३ ‘क’ तर्फ ७ जना, ‘ख’ तर्फ १६ जना, क्षेत्र नम्बर ४ ‘क’ तर्फ १७ जना र ‘ख’ तर्फ १४ जना स्वतन्त्र उम्मेदवार छन् ।
यस्तै, सर्लाही क्षेत्र नम्बर १ ‘क’ तर्फ १० जना, ‘ख’ तर्फ ४ जना, क्षेत्र नम्बर २ ‘क’ तर्फ ७ जना, ‘ख’ तर्फ ८ जना, क्षेत्र नम्बर ३ ‘क’ तर्फ १० जना, ‘ख’ तर्फ १२ जना, क्षेत्र नम्बर ४ ‘क’ तर्फ ११ जना र ‘ख’ तर्फ १२ जना स्वतन्त्र उम्मेदवार छन् ।
रौतहट क्षेत्र नम्बर १ ‘क’ तर्फ २१ जना, ‘ख’ तर्फ ११ जना, क्षेत्र नम्बर २ ‘क’ तर्फ ७ जना, ‘ख’ तर्फ ८ जना, क्षेत्र नम्बर ३ ‘क’ तर्फ १२ जना, ‘ख’ तर्फ ५ जना, क्षेत्र नम्बर ४ ‘क’ तर्फ ६ जना र ‘ख’ तर्फ १६ जना स्वतन्त्र उम्मेदवार छन् । त्यस्तै, बारा क्षेत्र नम्बर १ ‘क’ तर्फ ४ जना, ‘ख’ तर्फ ८ जना, क्षेत्र नम्बर २ ‘क’ तर्फ ७ जना, ‘ख’ तर्फ ९ जना, क्षेत्र नम्बर ३ ‘क’ तर्फ ४ जना, ‘ख’ तर्फ ३ जना, क्षेत्र नम्बर ४ ‘क’ तर्फ ४ जना र ‘ख’ तर्फ ५ जना स्वतन्त्र उम्मेदवार छन् ।
पर्सा क्षेत्र नम्बर १ ‘क’ तर्फ १२ जना, ‘ख’ तर्फ ११ जना, क्षेत्र नम्बर २ ‘क’ तर्फ ५ जना, ‘ख’ तर्फ ९ जना, क्षेत्र नम्बर ३ ‘क’ तर्फ ७ जना, ‘ख’ तर्फ ८ जना, क्षेत्र नम्बर ४ ‘क’ तर्फ ३ जना र ‘ख’ तर्फ ५ जना स्वतन्त्र उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण