जाजरकोटमा शक्ति बस्नेतविरुद्ध एमालेका युवा नेता आचार्य मैदानमा
बिहीबार, २७ असोज २०७९, १४ : ४१
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका पूर्वमन्त्री शक्तिबहादुर बस्नेत उम्मेदवार बनेका छन् ।
उनी अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनीसँगको प्रतिस्पर्धामा एमालेले युवा नेता निरज प्रसाद आचार्यलाई मैदानमा उतारेको छ । आचार्य पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।
जाजरकोटमा राप्रपा नेपालले दिपक खनाल, नेपाली कांग्रेस (बीपी) ले झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीले राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ओलम्पिक छनोटमा सुखद नतिजा ल्याउँछौँ’
-
मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रिमण्डल पुनर्गठन
-
गण्डकी सरकारलाई कांग्रेसको चेतावनी : अदालतको आदेश विपरीत काम नगर्नू
-
बंगलादेश छात्रवृत्ति प्रकरण : बंगलादेशलाई कूटनीतिक नोट, तर आएन जवाफ
-
युट्युबमा भ्युज बढाउन ४ हजार ६०० फोन चलाउने युवालाई १५ महिनाको जेल
-
रहेनन् कलाकार उज्वल केसी