सशस्त्र प्रहरीका असईको हत्या, जवान पक्राउ
सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको हत्या भएको छ । सिरहाको भगवानपुर गाउँपालिका–२ घर भएर सप्तरी स्थित बोर्डर आउटपोष्ट छिन्नमस्तामा कार्यरत यादव असोज २० मा मृत भेटिएका थिए ।
नेपाल–भारत सिमानाबाट ३ किलोमिटर पर भारततर्फ बिहारको मधुवनी जिल्ला स्थित घोडदह खोलामा यादवको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश सिंहले रातोपाटीलाई बताए । डिएसपी सिंहका अनुसार हत्यामा संलग्न आशङ्कामा सो बोर्डर आउट पोष्ट (विओपी) मा कार्यरत जवान होम बहादुर खत्रीलाई पक्राउ गरिएको छ ।
मृतक असईको शव धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ । घटना छानबिनका लागि सशस्त्र प्रहरी बलले अतिरिक्त महानिरीक्षक (एआईजी) सिपी गौतमको नेतृत्वमा समिति गठन गरेको छ । गौतम कार्य विभागको प्रमुख हुन् । समितिमा डिआईजी कुलबहादुर नेम्वाङ र एसपी छविलाल पाण्डे सदस्य छन् ।
छानबिनका लागी सशस्त्र प्रहरी बल गण नम्बर–६ का गणपति (एसपी) प्रदीप खड्कालाई हेडक्वार्टर फिर्ता बोलाएको छ । एसपी खड्कालाई फिर्ता बोलाइएको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई जानकारी दिए ।
असोज १९ मा मृतक यादव ड्युटीका लागि भन्दै मोहनपुरतर्फ गएका थिए । त्यसै दिन जवान खत्रीले एक युवती बोलाएर हत्या गरेर फालेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । मृतकको कान र टाउकोमा चोट देखिएको एसएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण