आचारसंहितामा टेकेर मात्रै निर्वाचन रिपोर्टिङ गर्ने सुर्खेतका पत्रकारको प्रतिबद्धता
प्रदेश राजधानी वीरेन्द्रनगरमा कर्मथलो बनाएर बस्ने कर्णालीका पत्रकारहरुले निर्वाचन आचारसंहिता विपरीत रिपोर्टिङ नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले निर्वाचनमा निष्पक्षतामा रहेर मात्रै काम गर्ने बताएका हुन् । मिडिया एक्सन नेपालले अयोजना गरेको कार्यक्रममा दुष्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम गर्ने कार्यपनि गरिने पत्रकारहरुको भनाई थियो ।
कार्यक्रममा सहभागी २० जना पत्रकारहरू मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष तथा विपक्षमा रहेर समेत समाचार संकलन नगर्ने उनीहरुको भनाइ थियो ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले निर्वाचनको समयमा पत्रकारहरुले गर्न हुने र नहुने क्रियाकलापहरूको बारेमा विस्तृत जानकारी दिए । ‘हामीले समाचार बनाउँदै गर्दा कसैको पक्ष वा विपक्षमा समाचार लेख्नुभन्दा सामाजिक उत्तरदायित्व निभाउने खालका विषयहरुलाई उठाउनुपर्छ,’उनले भने,‘जसले नागरिकलाई जागृत गरोस् ।’
पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले निर्वाचनको समयमा कसैलाई पनि ठेस पुग्ने तरिकाले समाचार तयार नगर्न आग्रह गरे । उनले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता २०७९ मा रहेर समाचार संकलन गर्न पत्रकारलाई सुझाव दिए । कार्यक्रमका प्रशिक्षक कल्पना आचार्यले विषेश गरेर निर्वाचन तथा मतदाता केन्द्र विशेष गरी महिला, अपाङ्ग, वृद्धवृद्धा मैत्री छ वा छैन् ? त्यो पनि शब्द चयन जस्ता विषयमा ध्यान दिएर समाचार तयार गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण